सानिमा बैंक र युएसएआईडीबीच सहकार्य
सानिमा बैंक लिमिटेड र USAID Trade and Competitiveness Activity बीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गति दिने लक्ष्यका साथ सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।
यस पहलले नेपालभित्र र बाहिरका आर्थिक गतिविधिहरु मार्फत् विभिन्न अवसरहरु सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
पाँच वर्ष अवधिको यो कार्यक्रमले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रहरुलाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ । यस्तै रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने जस्ता लक्ष्य पनि लिइएको छ । यस कार्यक्रमले बजारमाथिको पहुँच वृद्धि गर्न, उत्पादकत्व क्षमता वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका साथै लगानीमैत्री वातावरण बनाउन बजार प्रतिनिधिहरूलाई प्रोत्साहन गर्ने कार्य गर्नेछ ।
सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस सहकार्यले सानिमा बैंकलाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवाहरूमा पहुँच बढाउन मद्दत गरी लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्न सक्षम बनाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित