बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जनजाति महिला महासंघको महाधिवेशन सुरु

बुधबार, २८ मङ्सिर २०७९, १८ : ४९
बुधबार, २८ मङ्सिर २०७९

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । काठमाडौँको राष्ट्रिय नाचघरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महाधिवेशनको उद्घाटन गर्दै आदिवासी जनजाति महिलाको परम्परागत ज्ञान र सीपको संरक्षण, विकास र प्रवर्द्धनमा राज्यले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

आगामी ३ वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने महाधिवेशनमा महासंघका ४८ वटा सदस्य संगठनबाट एक प्रतिनिधि र एक पर्यवेक्षक गरी ९६ जना सहभागी छन् । महाधिवेशनमार्फत १ अध्यक्ष, हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गर्ने गरी ३ उपाध्यक्ष र १ महासचिव निर्वाचित हुनेछन् ।

त्यसै गरी, अनुसन्धान तथा सूचना र सञ्चार, विदेश तथा परियोजना, जनसम्पर्क तथा संगठन विस्तार र भाषा तथा संस्कृति हेर्ने गरी ४ जना सचिव निर्वाचित हुनेछन् । महाधिवेशनले एक कोषाध्यक्षसमेत निर्वाचित गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप