सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

'नेपाली कम्युनिस्ट आन्दोलन पुनर्गठन नगरे अर्काे चुनावसम्म अस्तित्व समाप्त'

बुधबार, २८ मङ्सिर २०७९, १८ : ३९
बुधबार, २८ मङ्सिर २०७९

एक कार्यक्रमका वक्ताहरूले नेपाली कम्युनिस्ट आन्दोलन पुनर्गठन आवश्यकता रहेको बताएका छन् । उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राखेका छन् ।

संवाद डबलीमा बुधबार आयोजित ‘कम्युनिस्ट पार्टीहरुको पुर्नगठनको आवश्यकता र औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिस्ट संकटतर्फ उन्मुक भएको बताउँदै पुर्नठन आवश्यकता रहेको बताए । उनले नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, राष्ट्रवादीहरू, प्रगतिशील तप्काहरू एकजुट हुनुपर्ने धारणा राखे ।

 बुढाथोकीले विचार मिल्नेहरुबीच एकता र नभए न्यूनतम कार्यक्रममा सहकार्य गर्न सक्नेहरुबीच सहकार्यको आवश्यकता रहेको बताए । उनले आफूहरू पुनर्गठनको अभियान सुरु गरेको बताए । कम्युनिस्ट पार्टीहरु पुर्नगठन नभए अर्को चुनावसम्म पत्तासाफ हुने बताए ।
नेकप (समाजवादी) का अध्यक्ष राजु कार्कीले श्रमजीवी जनता र राष्ट्रियताको रक्षाको लागि नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आवश्यकता बढ्दै गएको बताए । उनले नेपालमा भएको पटकपटकका आन्दोलन तथा क्रान्तिमा नेताहरुले धोका दिएका कारण आफूहरूले नयाँ अभियान थालेको बताए । ठूला भनिएका कम्युनिस्ट पार्टीहरु सत्ताको भागबण्डा नमिल्दा एक हुन नसकेको समेत बताए ।

त्यसैगरी कार्यक्रममा नेकपा परिवर्तनका अध्यक्ष जोगमान लामाले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर भएको कारण प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिहरू बलियो बन्दै गएको बताए । 

कम्युनिस्ट पार्टीप्रति जनताको अपेक्षा र भरोसा बढी भएको तर नेताहरुले धोका दिएकाले विश्वास घट्दै गएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप