आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘रिभेन्ज लभ’ सिधै युट्युवमा रिलिज हुने

बुधबार, २८ मङ्सिर २०७९, १६ : ५८
बुधबार, २८ मङ्सिर २०७९

मन्दिप राना निर्देशित फिल्म ‘रिभेन्ज लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका केही महत्वपूर्ण अंश समेटिएका छन् । ट्रेलर हेर्दा फिल्म प्रेम, समर्पण र बदलाको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ । 

नवीन घताने, देशभक्तसिंह कुँवर, विजय कुमार, अविराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका लगायतका कलाकारको अभिनय रहेको फिल्म नवीन घतानेले बनाएका हुन् । 
श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा द्वन्द्व र नृत्य समेत निर्देशक रानाको छ । फिल्म १५ पुसबाट सिधै युट्यबमा रिलिज हुनेछ ।  फिल्मको लगानी डिजिटल प्लेटफर्मबाट उठ्ने देखेर सिधै ट्युवमा रिलिज गर्न लागेको निर्माता घतानले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप