कतार विश्वकपमा तीन जना पत्रकारको निधन
कतारमा आयोजित विश्व कप २०२२ मा तेस्रो पत्रकारको निधन भएको छ । यसबारे सोमबार जानकारी दिइएको हो । आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो । यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भइसकेको छ । रजरको नोभेम्बर २१ मा निधन भएको थियो र वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो ।
प्रस्तोता मार्क पोगाचले भने, ‘कतारबाट यहाँहरुका लागि निकै दुःखको कुरा छ, हाम्रा प्राविधिकि निर्देशक रोजर पियर्सको निधन भएको छ । उनी आफ्नो आठौँ विश्वकपका लागि यहाँ आएका थिए । रोजर खेलकुद प्रसारण उद्योगमा एक उच्च सम्मानित व्यक्तित्व थिए । उनको मुहारमा सधैँ हाँसो हुने गर्दथ्यो जसले तपाईंको अनुहारमा पनि मुस्कान ल्याइदिन्थ्यो ।’
उनले पियर्सलाई असाध्यै व्यावसायिक र अत्यधिक चर्चित बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने
-
प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की
-
माओवादी एसिया प्रदेश संगठन समितिको संयोजकमा ओली, कमिटीमा को-को समेटिए ?
-
कल्याण उपकार सेभिङ्गका अध्यक्ष लिला बहादुर पुर्पक्षका लागि थुनामा
-
बृहत् विद्यार्थी महोत्सव किन ?
-
विश्वासको मत पाउनेमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी विश्वस्त