मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मलाई प्रधानमन्त्रीमा सहयोग गर्नुस् : पौडेल, सल्लाह गरौँला: देउवा

बुधबार, २८ मङ्सिर २०७९, २२ : ३७
बुधबार, २८ मङ्सिर २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।  बुधबार देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह गरेका थिए ।  

पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौँला’ भन्ने जवाफ मात्र दिएका थिए । कांग्रेसभित्र देउवा स्वयं प्रधानमन्त्रीका लागि प्रयासरत छन् ।  ‘म एउटा निम्ता दिन बुधबार सभापति तथा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएको थिएँ, त्यसक्रममा छोटो कुराकानी भयो’, पौडेलले रातोपाटीसँग भने, ‘मैले सभापतिजीलाई प्रधानमन्त्रीमा मलाई सहयोग गर्नुस् भनेर प्रस्ताव राखेँ, उहाँले ‘छलफल गरौँला’ मात्र भन्नुभयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप