सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीविरुद्ध खनिए प्रभु साह, कांग्रेसतिर ढल्केर पार्टीलाई अनैतिकताको पथमा डोर्‍याएको आरोप

बुधबार, २८ मङ्सिर २०७९, १४ : ४८
बुधबार, २८ मङ्सिर २०७९

पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । उनले ओली सत्ताका लागि कांग्रेससँग नजिकिन खोजेको भन्दै यसबाट प्राप्त जनमतकै अपमान गर्ने काम भएको आरोप लगाए । 

बुधबार रौतहटको कटहरियामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै स्वतन्त्र सांसद साहले सत्ता स्वार्थमा ​सिंगो पार्टीलाई ओलीले अनैतिकताको पथमा डोहोर्‍याएको आरोप लगाए । 
अस्तिसम्म कांग्रेसलाई तथानाम गाली गर्ने र  अहिले लाज पचाएर त्यही मुख्य प्रतिस्पर्धी कांग्रेसलाई सरकार बनाउन समर्थन गर्ने कार्य थाल्नु अनैतिकताको भद्दा खेल हो’, साहले भने, ‘ नेपाली जनताले एमालेको चरित्र बुझ्न जरुरी छ ।’

जनताबाट प्रतिपक्षमा बस्न प्राप्त म्यान्डेट स्वीकार गर्दै आफ्नो भूमिका निर्वाह गर्नुको सट्टा जोसँग प्रतिस्पर्धा गरियो उसैलाई सत्तामा सघाउने गरी ओलीबाट भएको प्रयास अनैतिकताको पराकाष्टा भएको साहको भनाइ छ । ओलीकै कारण राजनीतिक वृत्तमा एमालेप्रति अनैतिक र अलोकतान्त्रिक छाप पर्ने देखिएको उनले जिकिर गरे । 

आफू सरकारमा हुँदा नागरिकता विधेयक ल्याउने तर सत्ता गठबन्धनले ल्याउँदा राष्ट्रपतिको प्रयोग गरी रोक्ने कार्य एमालेबाटै भएको उल्लेख गर्दै साहले रेशम चौधरीलाई जेलमुक्त गराउने सवालमा पनि त्यस्तै भइरहेको बताए ।  

विगतमा ओलीले टीकापुर घटना राजनीतिक मुद्दा भएको भन्ने गरेको तर अहिले  सत्ता गठबन्धनले छुटाउन खोज्दा विरोध गरिरहेको भन्दै कटाक्ष गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप