प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.६ प्रतिशत मत बदर

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले बुधबार सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ४ लाख ७ हजार ९५ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।
सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।
प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ५ लाख ५ हजार ३०० मत सदर भएको आयोगले जनाएको छ । जसमा ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ ।
सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको पनि आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?