मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

एउटा दलको अध्यक्ष अर्को दलको सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था छैन : प्रमुख निर्वाचन आयुक्त

बुधबार, २८ मङ्सिर २०७९, १४ : १५
बुधबार, २८ मङ्सिर २०७९

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एउटा दलको अध्यक्ष अर्को दलको सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था नरहेको बताएका छन् ।  आयोगले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले  एउटा दलको अध्यक्ष अर्को दलको समानुपातिक सांसद बन्न नसक्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नरहेको र त्यो नैतिकताको विषय हुनसक्ने बताए । 

आयोगले हालको चुनावमा देखिएको समस्यालाई समावेश गरेर निर्वाचन कानुन संशोधन गर्ने जानकारी दिए । ८ वटा निर्वाचन कानुनलाई एउटै कानुन बनाउने गरी संशोधन गर्न लागेको उनले बताए । उनले कुन दलले चुनावमा कति खर्च गरेको छ त्यसको विवरण आयोगसँग सुरक्षित रहेको बताए । 

उनले मत किन के कारणले बदर भएको हो त्यसको विवरण निर्वाचन अधिकृतहरूसँग मागेको उल्लेख गरे । पुस ३ गते समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप