आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

बुधबार, २८ मङ्सिर २०७९, १४ : ०६
बुधबार, २८ मङ्सिर २०७९

निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी  प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गर्दै समग्र नतिजा सकारात्मक भएको बताए । 
आयोगले मंसिर २९ गते राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप