बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जब तापक्रम घट्छ, हामीलाई किन चिसो हुन्छ ? यसको वैज्ञानिक प्रक्रिया कस्तो हुन्छ ?

बुधबार, २८ मङ्सिर २०७९, १३ : ४८
बुधबार, २८ मङ्सिर २०७९

शरद ऋतु आइसकेको छ । हामीलाई चिसो लाग्न सुरु भइसकेको पनि छ । चिसो लाग्दा रौँ ठाडा हुन्छन् । नढाकिएका अंग कठ्याङ्ग्रिन्छन्, कान चिसा हुन्छन् । अर्थात् हामीलाई चिसो लागिरहेको छ । तर चिसो किन हुन्छ । कहिले धेरै नै चिसो हुन्छ, कहिले कम...तर किन ? यो कारणको प्राकृतिक प्रक्रिया के हो । आउनुहोस् चिसो लाग्नु पछाडिको वैज्ञानिक कारणबारे जानकारी लिऔँ ।

सुरुमा त यो बुझ्नुहोस् कि सबैलाई एकनासले चिसो लाग्दैन । कसैलाई कम लाग्छ । कसैलाई बढी । कसैलाई लाग्दै लाग्दैन पनि । हरेक व्यक्तिलाई चिसो उसको शरीरको आन्तरिक क्षमता, रहन–सहन र खानपिन अनुसार लाग्छ । शरीरको कुन भागमा सबैभन्दा पहिला चिसो भएको थाहा हुन्छ ? यसको जवाफ हो छाला ।

जब तापक्रम घट्छ तब सबैभन्दा पहिला सुरक्षा घेरा अर्थात् छालाले यसलाई महसुस गर्छ । हाम्रो छालाको ठिक मुनी थर्मो–रिसेीटर नर्भ्स हुन्छ । यसले दिमागलाई तरङ्गको रुपमा मेसेज पठाउँछ । यो मेसेज हामीलाई चिसो लागेको छ कि छैन भन्ने हो । यो निकै सामान्य फिलिङ हो जुन हरेक व्यक्तिको शरीरमा भिन्न भिन्न स्तरमा र तीब्रतामा देखिन्छ ।

चिसो लाग्ने बित्तिकै पूरा शरीर आफूलाई सम्हाल्नमा तल्लिन हुन्छ । अर्थात्, जब छालाबाट निस्कने तरंग दिमागको हाइपोथ्यालामसमा पुग्छ तब त्यो शरीरको आन्तरिक गर्मी र पर्यावरणसँग सन्तुलन बनाउन सुरु गर्छ । यसै सन्तुलन बनाउने पहिलो प्रतिक्रिया हुन्छ रौँ ठाडो हुन्छ । किनभने त्यसको ठ्याक्कै तलको मांसपेशी छुम्चिन थाल्छ । तपाईंको शरीरमा भएको रौँको पत्रले सधैँ तपाईंलाई चिसोबाट जोगाउन मद्दत गर्छ ।

दिमागमा भएको हाइपोथ्यालामसले स्नायू प्रणालीलाई शरीरको तापक्रम खस्किरहेको छ भनेर जानकारी दिन्छ । यो एक महत्वपूर्ण सूचना हो । दिमागलाई थाहा छ कि हाम्रो शरीरले तापक्रम खस्किएको सहन सक्दैन । यदि तापक्रम धेरै नै कम भयो भने थुप्रै अंगले काम गर्न बन्द गर्नेछ । त्यसो हुँदा मानिसको मृत्युसमेत हुनसक्छ । धेरै चिसो हुँदा हाइपोथर्मिया हुने गर्छ । यसले मृत्युसमेत हुनसक्छ ।

भलै तपाईंको छालामा चिसो महसुस भइरहेको छ, तर दिमागले शरीरको तापक्रम घट्नबाट रोक्छ । दिमागले पूरा शरीरलाई तापक्रम घटिरहेको छ, यसलाई सन्तुलित बनाउ भनेर निर्देशन दिने गर्छ । त्यतिबेला सबै अंग र मांसपेशीले आफ्नो कामको गतिलाई  ढिलाे बनाउँछ । गति ढिलाे हुँदा मेटाबोलिक हिट पैदा हुन्छ ।

त्यसैले चिसो लाग्दा जब तपाईं काम्नु हुन्छ तब बुझ्नुहोस् कि शरीरका अंगले आफ्नो काम स्लो गरिदिएको छ । यतिकुरा सम्झाउन जतिकुरा यहाँ लेखिएको छ, त्यो शरीरले केही सेकेन्डमा गरिदिन्छ । कतिपटक यो काम्ने अवस्था थुप्रै लहरमा आउँछ अर्थात् शरीरले बाहिरको चिसोको अनुसार आन्तरिक गर्मीको सन्तुलन बनाउने प्रयास गरिरहेको छ ।

यहाँ थप अर्को प्रक्रिया हुन्छ । जब तपाईं काम्नुहुन्छ तब तपाईंको रगतको नसा खुम्चिने गर्छ । खुम्चिँदा रगत र त्यसको गर्मीको बहाव ढिलो हुन्छ । त्यसलाई चिसो छालासम्म जानबाट रोक्ने प्रक्रिया सुरु हुन्छ । यसले हरेक अंगको न्यानोपन त्यसको आसपास रहन्छ । त्यसैले तपाईं चिसोबाट सुरक्षित रहनुहुन्छ । तपाईंलाई बाहिर चिसो महसुस हुनसक्छ तर तपाईं भित्रदेखि सुरक्षित रहनुहुन्छ । यो शरीरको तापक्रम सन्तुलित बनाउनका लागि निकै आवश्यक हुन्छ ।

एकदम विपरित परिस्थितिको कुरा छोड्ने हो भने । अर्थात् कम कपडामा कुनै चिसो ठाउँमा फस्नुभएको छ । बरफमा पुरिनुभएको छ । यस्ता परिस्थितिबाहेक हाम्रो शरीरले कम तापक्रमको हिसाबले सन्तुलन बनाउन थाल्छ । बाहिरको तापक्रम हाम्रो शरीरको तापक्रमको आसपास पुगेपछि हामीलाई चिसो लाग्न छोड्छ । त्यसपछि हाइपोथ्यालामसले सन्देश पठाउँछ कि मौसम फेरिएको छ । त्यसपछि दिमागले शरीरलाई मेसेज पठाएर अब सबै नियन्त्रणमा आइसक्यो, सही ढङ्गले काम गर भनेर निर्देशन दिन्छ ।

लिंग, उमेर र जिन्सले पनि चिसो कम र धेरै लाग्ने गरेको पुष्टि गर्ने धेरै शोधपत्र छन् । प्रत्येक व्यक्तिको जुत्ताको आकार जसरी फरक फरक हुन्छ त्यसरी नै शरीरमा चिसो लाग्ने तीब्रता र स्तर पनि भिन्न हुन्छ । उनीहरुको चिसो महसुस गर्ने क्षमता पनि भिन्न हुन्छ ।  

एजेन्सीकाे सहयाेगमा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप