सरकारी निकाय र अन्तर मन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या : चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकाय र अन्तर मन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या भइरहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष ढकालले मन्त्रालय र सरकारी निकायहरू बीचको समन्वयको कमीले अवसर हुँदा समेत विकास निर्माणका कामले गति लिन नसकेको बताएका हुन् ।
उनले नयाँ बन्ने सरकारले अन्तर मन्त्रालय र सरकारी निकाय बीचको समन्वयका बारेमा ध्यान दिनुपर्ने बताए । उनले सरकारले नेपालको आर्थिक विकासमा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए । उनले निजी क्षेत्रले उठाएका मागहरु निजी क्षेत्रका समस्या मात्रै हुन् भन्ने हिसाबले प्रचार भइरहेको भन्दै यस्ता प्रचार गर्न नहुनेतर्फ सचेत गराए ।
उनले भने– ‘हाम्रो सरकारको निकायहरू सरकारी निकायहरू अन्तर मन्त्रालय, मन्त्रालय विभागको पनि समन्वय हुन सकेका छैन । विभागले गर्ने कामहरूको समन्वय हुन सकेको छैन । आगामी सरकारले साना साना समस्याहरूबाट नेपालको आर्थिक विकासको सहकार्य गर्ने कुरामा प्राथमिकता दिनुपर्छ । निजी क्षेत्रले उठाएको चिजहरू निजी क्षेत्रका लागि मात्रै हो भन्ने गलत प्रचार भइरहेको छ । नेपालको अर्थतन्त्र सही हिसाबले अघि बढेन भने प्रत्येक व्यक्तिको आम्दानीमा कम हुनेछ । पर्यटन प्रवर्द्धनका कुराहरूमा समस्या देखिनेछ । निजी क्षेत्रले उठाएका कुराहरूको गलत प्रचार भइरहेको छ । यस्तै अवस्था रहने हो भने देशकै लागि समस्या सिर्जना हुन्छ ।’
कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेसकुमार अग्रवालले निजी क्षेत्रलाई तरलता र उच्च ब्याजदरको समस्या बढी भएको बताए । उनले निजी क्षेत्रमा विभिन्न कारणले भइरहेको भन्दा धेरै तरलतामा संकुचन आएको बताए । उनले पुसमा किस्ता तथा ब्याज तिर्न निजी क्षेत्रलाई थप पुँजी कहाँबाट ल्याउने भन्ने समस्या भइरहेको पनि बताए । उनले यही अवस्था भइरहे उद्योगी व्यवसायीहरू पुसपछि आन्दोलनमा जानुपर्ने अवस्था आउने चेतावनी समेत दिए । उनले सरकारले निजी क्षेत्रको संरक्षणको बाटो निकाल्नुपर्ने समेत बताए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई अर्थतन्त्रको प्रमुख अंग बनाउने दिशातर्फ डोर्याउनलाई धितोपत्र बोर्डले पारदर्शिता, व्यावसायिकता, प्रतिस्पर्धाको माहोल निर्धारण गरेको बताए ।
अध्यक्ष हमालले धितोपत्र बजारलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने गरी काम गरिरहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु