शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

घरेलु हिंसाको आरोपमा डा. चौधरी पक्राउ

बुधबार, २८ मङ्सिर २०७९, १३ : ०५
बुधबार, २८ मङ्सिर २०७९

दाइजो तथा श्रीमतीमाथि घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् । 

दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप