मोरक्कोको जर्सी ‘सोल्डआउट’

उत्तर अफ्रिकन टोली मोरक्कोले सफलता पछि अहिले कतार दोहाका सपिङ महलहरुलाई टाउको दुखाइको विषय बनेको छ । पहिलोपटक सेमिफाइनमा पुगेपछि अहिले मुस्लिम राष्ट्र कतारमा मोरक्कोको समर्थन गर्ने ह्वात्तै बढेका छन् ।
कतार विश्वकप सकिन केही समय मात्रै बाँकी छ । आज मोरक्कोले फाइलनमा प्रवेशका लागि साविक विजेता फ्रान्सको सामना गर्दै छ । मध्यरातमा हुने दोस्रो सेमिफाइनलको विजेताले उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना बुधबार विहान क्रोएसियालाई ३–० ले हराउँदै फाइनल पुगिसकेको छ ।
तर, दोस्रो सेमिफाइनलअघि दोहाका आइकोनिक मार्केटमा मोरक्कोको जर्सी सकिएका छन् । केहि दिनअघिसम्म प्रमुख शहरको भित्तामा झुन्डिएका जर्सी अहिले सकिएको छ । विश्वकप सुरु भएदेखि कतारमा अर्जेन्टिना र ब्राजिलको जर्सीको रंगले भरिएको थियो ।
अब भने कतारका शहरहरुमा मोरक्कोको रातो जर्सी देखिन थालिएको छ । ‘जब मोरक्कोले खेल जितेको छ । हजारौ जर्सी खरिद भइरहेका छन् । अहिले भने जर्सी सकिएको छ,’ दोहास्थित एक सुपरमार्केटका मोहमद सादिक भन्छन् ।
मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । यसअघि क्यामरुन, घाना र सेनेगल अन्तिम आठमा पुगेपछि अन्तिम चारमा पुगेका थिएनन् । समूहमा विजेता बन्दै प्रिक्वार्टरफाइनल पुगेको मोरक्कोले स्पेन र पोर्चुगललाई नकआउट चरणमा पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
-
पत्रकार हत्या र संचारगृहमाथिको आक्रमण प्रति पत्रकार महासंघ मकवानपुरको विरोध
-
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
-
माओवादी केन्द्रीय कार्यालय पुगेर गृहमन्त्री लेखकले भने– उद्दण्डताविरुद्ध एक भएर प्रतिवाद गर्नुपर्छ
-
पश्चिम बंगालको माल्दामा हिंसा : इन्टरनेट बन्द, ३४ जना पक्राउ
-
सरकारको अधिनायकवादी सोच र आन्दोलनकारीको अराजक व्यवहारका कारण पत्रकारको मृत्यु भयो : मिडिया एलायन्स