सुन्दरबजार नगरपालिकाले चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गर्यो
बुधबार, २८ मङ्सिर २०७९, ०८ : १७
सुन्दरबजार नगरपालिकाले चालु वर्षको चार महिनामा ३० लाख ६२ हजार राजस्व संकलन गरेको छ ।नगरपालिका राजस्व शाखाका हरिप्रसाद कुमालका अनुसार भूमिकर, घरबाहल, सिफारिस दस्तुर, नवीकरण लगायतबाट राजस्व संकलन गरेको हो ।
सम्पत्ति करबापत १२ लाख ११ हजार, घरबाहलबापत ३ लाख ७२ हजार, व्यवसायीक करबापत ५८ हजार र अन्य करबापत २ हजार ९ सय राजस्व संकलन भएको उनले बताए ।
परीक्षा शुल्कबाट २७ हजार, नक्सापास दस्तुरबाट ७ लाख, सिफारिस दस्तुरबाट ५ लाख ५० हजार, व्यक्तिगत घटना दर्ताबाट ६१ हजार, नाता प्रमाणित दस्तुरबाट ४० हजार संकलन भएको छ । अन्य राजस्व ३ लाख ७० हजार संकलन भएको उनको भनाइ छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड २३ लाख ६४ हजार राजस्व संकलन गरेको थियो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
-
टोखामा आगलागी
-
कर्णाली, गण्डकी र कोशी नदी सभ्यतामा आधारित सांस्कृतिक पर्यटन विकास गर्न संयन्त्र निर्माण गरिने
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश