शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मदिरा सेवन गरेर नर्सको कोठामा छिर्ने पक्राउ

मङ्गलबार, २७ मङ्सिर २०७९, २१ : ४१
मङ्गलबार, २७ मङ्सिर २०७९

बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन् । 

सोमबार राति ९ बजेको समयमा मदिरा सेवन गरेर नर्सको कोठामा पसेर अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।  पाटन नगरपालिका वडा नम्बर ४ मा रहेको भुवनेश्वर स्वास्थ्य चौकीमा कार्यरत नर्सलाई दुर्व्यवहार गरेको उजुरी परेपछि महरालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप