मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सिरहामा महिलाको हत्या, दोषी पक्राउ गर्न माग गर्दै प्रदर्शन

मङ्गलबार, २७ मङ्सिर २०७९, २० : ०२
मङ्गलबार, २७ मङ्सिर २०७९

सिरहामा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको जनीकैको कर्जन्हा नपा ६ को जङ्गलमा दाउरा लिन गएको बेला ३–४ जना युवा समूहको धारिलो हतियार प्रहारबाट महिलाको आज अपराह्न मृत्यु भएको हो ।

दाउरा लिन जंगल गएका बेला पछ्याउँदै गएको युवाहरूले जबरजस्ती करणी गर्ने प्रयास गरेपछि उनीहरूले घाटी र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरि वलीले जानकारी दिए । सँगै गएका महिलाहरूले शव देखेपछि गाउँमा खबर पुर्‍याएका थिए । उनीहरूकै भनाई अनुसार गाउँलेले किटानी जाहेरी दिएको बताइएको छ।

प्रहरीका अनुसार स्थानीयले ३ जनाको नाममा किटानी जाहेरी गरे पनि अनुसन्धानपछि मात्र जाहेरी दर्ता गर्ने भनेपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम सडक अन्तर्गत मिर्चैया नपा २ मलहनीयामा अपराह्नदेखि सडक बन्द गरेर प्रदर्शन गरेका छन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै सडकमै टायर बालेर चक्का जाम गरेका थिए ।

यता प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ। शव अझै पनि घटनास्थलमै रहेको छ। स्थानीयले दोषीलाई पक्राउ गरेर मात्र शव उठाउन दिनेभन्दै अवरोध गरेको प्रहरीको भनाई छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप