शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

इलाम–१ मा पुन: मतदानको माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट दर्ता

मङ्गलबार, २७ मङ्सिर २०७९, १९ : ०४
मङ्गलबार, २७ मङ्सिर २०७९

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचन सम्पन्न भएको २३ दिनपछि इलाम क्षेत्र नम्बर १ मा भएको निर्वाचन बदर र पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै मंगलबार रिट दायर गरेको खनालका कानुनी सहयोगी अम्बर राउतले जानकारी दिए । उनका अनुसार रिट निवेदन संवैधानिक इजलासमा दायर भएको हो ।

खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित भएका थिए । बस्नेतले २५ हजार ७५३ मत ल्याएका थिए भने खनालले २३ हजार ८९ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप