महिलाको हत्या पछि जमिनमा गाड्ने कार्यमा संलग्न अभियुक्त सार्वजनिक

महिलाको हत्या गरी जमीनमा गाड्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ । इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित ज्यामिरेमा महिलाको शव बरामद भएको घटनामा संलग्नलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिकाको एक युवकले मादक पदार्थ सेवन गरी सामान्य विवादकै कारण महिलाको हत्या गरेर आफ्नो घर नजिकैको बारीमा गाडेका थिए । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै घटनामा सोही स्थानका ३३ वर्षीय रोज वाइबाको संलग्नता रहेको जनाएको हो । मंसिर १३ गतेदेखि बेपत्ता भएकी सोही स्थानकी ३५ वर्षीया सरस्वती वाइबाको शव शनिबार साँझ आधा शरीर गाडिएको अवस्थामा भेटिएको थियो ।
पत्नी बेपत्ता भएपछि पति वीरबहादुर वाइबाले मंसिर १७ गते खोजतलास गर्न प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए । २४ गते मृतकका पति र प्रहरी टोली समेतले खोजतलास गर्दै जाने क्रममा बेलुकाको ७ः३० बजेको समयमा सिस्नेरी ज्यामिरेस्थित रोज वाइबाको बारीमा अनुहार र कपडाको केही भागदेखि खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नयव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार निवेदन प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।
आइतबार जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिएको थियो । अभियोग लागेको रोज वाइबालाई शंका लागि नियन्त्रणमा लिइ अनुसन्धान गर्दा आफैंले मारेर आफ्नै बारीमा खाल्डो खनी पुरेको हो भनि स्वीकार गरेको उनले बताए ।
‘सामान्य भनाभनहुँदा हत्यासम्म भएको देखिन्छ । बाटोमा दुवै जनाको अचानक भेट हुँदा हत्यामा संलग्न रोजले महिलालाई प्रश्न गरेको र सोझो उत्तर नआएपछि कुटपिट गरेको अनुसन्धानमा देखिन्छ । कुटपिटको क्रममा महिला ढुंगामा ठोक्किन पुगेको उनले बयान दिएका छन्’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले भने, ‘हत्यामा संलग्न र मृतक महिला छिमेकी पनि हुन् ।’
अभियोग लागेका वाइबालाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म