आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कुन्ती पोखरेलको नेतृत्वमा आन्दोलनपछि चाबहिल–साँखु खण्डको थलीमा सडक कालोपत्रे सुरु

मङ्गलबार, २७ मङ्सिर २०७९, १५ : ०५
मङ्गलबार, २७ मङ्सिर २०७९

विरोध र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएपछि काठमाडौंका चाबहिल-साँखु खण्डको थलीमा कालोपत्रे सुरु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ मा पर्ने थलीमा वर्षौँदेखि सडक कालोपत्रे नभएपछि विरोध पर्दशन गर्दैै सडक बन्द गरिएको थियो । 

राप्रपा नेतृ कुन्ती पोखरेलको नेतृत्वमा सडक कालोपत्रे गर्न दवाव दिँदै केही दिनयता सडक प्रर्दशन गर्नुका साथै कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको थियो । 
सडक कालोपत्रे सुरु भएपछि नेतृ पोखरेलले रातोपाटीसँग भनिन्–‘विगतमा हालको राष्ट्रपतिले चुनाव जितेको क्षेत्र, पूर्व प्रधानमन्त्री माधव नेपालले चुनाव जितेको क्षेत्रको बाटो कहिल्यै नबनेपछि स्थानीयबासीको साथमा हामीले आन्दोलन गर्नुपर्ने अवस्था आयो । दिनरात नभनी स्थानीयबासीको सक्रियतामा भएको आन्दोलनपछि, हाम्रो निरन्तरको खबरदारी र दवावपछि यो बाटो कालोपत्रे हुन सुरु गरेको छ । स्थानीयबासीले गरेको पहल र मिहेनत आज सफल भएको छ ।’ 

उनले काम सुरु भएपछि निर्माण व्यवसायीलाई गुणस्तरीय ढंगले बलियो सडक निर्माण गर्नका लागि आग्रह गरेको उल्लेख गरिन् । 
सोमबार रातीदेखि सडक कालोपत्रे हुन थालेपछि स्थलगत रुपमा खटिएर सडक निर्माणको अनुगमन गरिरहेको नेतृ पोखरेलले जानकारी दिइन् । 

देशका धेरै क्षेत्रमा सडक, पुलका लागि बजेट विनियोजन भएपनि ठेकेदारहरुको लापरवाहीले काम पूरा हुन नसकेको उल्लेख गर्दै स्थानीयबासीले त्यसमा चासो राख्दै निरन्तर खबरदारी गर्न नेतृ पोखरेलको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप