आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चार महिनामा १२ करोडको राइस कुकर आयात

मङ्गलबार, २७ मङ्सिर २०७९, १४ : ५९
मङ्गलबार, २७ मङ्सिर २०७९

चालू आर्थिक वर्ष २०७८९/८० को ४ महिनाको अवधिमा नेपालमा १२ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो ।

विभागका अनुसार यस अवधिमा विदेशबाट १२ करोड रुपैयाँभन्दा बढीको १ लाख ११ हजार वटा राइस कुकर आयात भएको छ । उक्त मूल्यको राइस कुकर भित्र्याउँदा आयाकर्ताले ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व बुझाएका छन् ।

यस अवधिमा नेपालमा विभिन्न १४ वटा देशबाट राइस कुकर आयात भएको देखिन्छ । विभागको तथ्यांकअनुसार चीनबाट सबैभन्दा धेरै ११ करोड ७६ लाख रुपैयाँभन्दा बढीको राइस कुकर आयात भएको छ । यस्तै, भारतबाट ७७ लाख ७६ हजार रुपैयाँ बराबरको राइस कुकर भित्रिएको छ ।

यसबाहेक, अन्य मुलुकबाट समेत राइस कुकर भित्रिएको छ । बहरायन, ब्रनाइ, क्यानडा, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंगापुर, थाइल्याण्ड र संयुक्त अरब इमिरेट्सबाट समेत राइस कुकर आयात भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप