माघ ५ मा सर्याे ‘सरी मम’
काठमाडौं । फिल्म ‘सरी मम’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति मंसिर २९ बाट माघ ५ पुर्याएको हो । प्रचार प्रसार र हलिउड फिल्म ‘अवतार’ आएको कारण फिल्म सारिएको निर्माता विनोद लामाले बताए । उनले आँखा अगाडी परिरहने समाजको कथालाई टिपेर फिल्म ‘सरी मम’ बनाएको सुनाए ।
एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको फिल्मले लागुऔषध दुव्र्यसनीविरुद्धको आवाज उठाएको छ । फिल्मको ट्रेलरमा पनि कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावको कथा जोडिएको छ । यो फिल्म युवा तथा किशोरावस्था उमेर लक्षित छ ।
नविन बोगटीको निर्देशन रहेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ ।
आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा