तनहुँ उद्योग वाणिज्य संघ दमौलीको अधिवेशन: फेसबुकमार्फत उम्मेदवारी, सभापतिमा दुई राजकुमारको भिडन्त

तनहुँ - उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिको यहि पुस २१ र २२ हुन गईरहेको १० औं अधिवेशन एवं २२ औं साधारण सभाको मिति नजिकिदै गर्दा इकाईका पदाधिकारीका लागि सामाजिक संञ्जाल फेसबुकमा उम्मेद्वारी गर्नेको लहर बढेको छ ।
सामाजिक संञ्जाल फेसबुक र पत्रपत्रिकामार्फत इच्छुक व्यक्तिले उम्मेदवारी दिएको भएपनि आधिकारिक उम्मेद्वार पुस २१ गते मात्रै एकिन हुने सभापति कृष्ण आचार्यले बताए ।
बजार इकाईको पदाधिकारीको लागि २६ जनाको कार्यसमित रहनेमा २२ जनाको निर्वाचन प्रणालीबाट चयन गरिने व्यवस्था छ ।
अहिलेसम्म सभापतिमा २ जना राजकुमार श्रेष्ठ “राकु” र राजकुमार श्रेष्ठको नाम चर्चामा छ । चुनाब जित्नेमा आफु विश्वस्त रहेको उनीहरुको आ-आफ्नै दाबी छ ।
उपसभापतिमा ४ जना दधिराज घिमिरे, रमेशकुमार श्रेष्ठ, शुकनारायण मल्ल र जीवन शाहि, कोषाध्यक्षमा ३ जना बिन्दु श्रेष्ठ, हर्षमान श्रेष्ठ र भानु चापागाईंले सामाजिक संञ्जालमार्फत उममेदवारी घोषणा गरेका छन् ।
सदस्यहरूमा १० जना राजु दाहाल, सुर्यभक्त अधिकारी, केदार अधिकारी, सरोज भण्डारी, भरत श्रेष्ठ, सोम थापा, राजेश मल्ल, दान बहादुर घर्ती, राजेन्द्र श्रेष्ठ र रमेश श्रेष्ठ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
‘रवीन्द्र मिश्र र धवल शमशेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो’
-
प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
-
१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने