बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्रीको नेतृत्वमा भारतका विभिन्न ठाउँमा उच्चस्तरीय शैक्षिक भ्रमण हुँदै

मङ्गलबार, २७ मङ्सिर २०७९, १३ : १३
मङ्गलबार, २७ मङ्सिर २०७९

भारतका विभिन्न स्थानमा नेपालबाट उच्चस्तरीय शैक्षिक भ्रमण हुने भएको छ । काठमाडौं विश्वविद्यालयको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उच्च स्तरीय भ्रमण हुन लागेको हो । काठमाडौं विश्वविद्यालयको आयोजनामा पुस २ देखि पुस ९ गतेसम्म भारतको चेन्नाई, हैदराबाद र चिरुपति लगायतका क्षेत्रमा उच्चस्तरीय शैक्षिक भ्रमण हुन लागेको हो । 

काठमाडौं विश्वविद्यालय (केयू) र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रासबीच मास्टर डिग्रीका कक्षा सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणको बेला केयू र आईआईटीबीच मास्टर डिग्रीमा इनर्जी साइन्सका कार्यक्रम सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सोही आधारमा मद्रासमा कक्षाहरू सञ्चालन भइरहेका छन् । 

भ्रमणको क्रममा उक्त कार्यक्रमको अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ । काठमाडौं विश्वविद्यालयले आयोजनामा हुने उक्त भ्रमणमा शिक्षामन्त्री पौडेलले नेतृत्व गर्नेछन् । 

आफ्नो भ्रमणको विषयमा शिक्षामन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका छन् । भ्रमणको विषय र आफूले गर्ने कामका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।  त्यस्तै आगामी सरकार गठनका विषयमा समेत छलफल भएको थियो । माओवादी केन्द्रका नेता समेत रहेका पौडेलले आगामी सरकार पनि गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । उनले भावी सरकार गठनका विषयमा प्रधानमन्त्री देउवासँग चासो राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप