चितवनको रिसोर्टमा भोज खाएका ६० जना बिरामी
चितवनको चितवन गार्डेन रिसोर्टमा भोज खाएका ६० जना भन्दा बढी बिरामी परेका छन् । मङ्सिर २३ मा पूर्वी नवलपरासी स्थित गैँडाकोटबाट चितवनमा जन्ती आएका उनीहरूले सो रिसोर्टमा बिहे भोज खाएका हुन् ।
गैडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० घर भएकी करिश्मा अधिकारीको विवाहमा जन्ती आएकाहरू बिरामी भएपछि धेरै जना भरतपुरको नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् । नेशनल सिटी अस्पतालमा ६० जना चेकजाँच गर्न आएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । एसपी अधिकारीले भने–‘घटनाबारे अनुसन्धान गर्दै छौँ ।’
बिरामीहरूमा पखाला लाग्ने, बान्ता हुने र ज्वरो आउने समस्या देखिएको छ । घटनाबारे छानबिन गर्न चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको टोली रिसोर्टमा पुगेका छन् । गुणस्तर जाँचबुझ गर्ने विज्ञको टिमसहित रिसोर्टमा गएर छानबिन कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले रातोपाटीलाई बताए । बिहेमा त्यसदिन ५२० जना जन्ती आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान