टिकटक लाइभमा अभिनेत्री सुष्माको अश्लील गाली

पछिल्लो समय कलाकारहरुका लागि सामाजिक संजाल टिकटक आम्दानीको राम्रो माध्यम समेत बनेको छ । टिकटक लाईभमा बसेर कलाकारले राम्रो आम्दानी गरेको समाचार बेला बेलामा सार्वजनिक भएको विषय हो ।
त्यतिमात्र कहाँ हो र, टिकटकबाट कलाकारितामा थुप्रै भित्रिएका छन् । यसले कलाकार जन्माउने काम समेत गरेको छ । यही टिकटक कहिलेकाही कलाक्षेत्रलाई लज्जित बनाउने माध्यम समेत बनेको छ । जसको जल्दो बल्दो उदाहरण अभिनेत्री सुस्मा कार्कीको पछिल्लो टिकटक लाईभलाई लिन सकिन्छ ।
हालै उनले टिकटक लाइभको क्रममा अश्लील शब्द बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भल्गर शो ‘ब्लाइन्ड डेट’ की पूर्व विजेता सिलु पोखरेलसँग टिकटकमा लाइभ गेम खेल्ने क्रममा आफू हारेपछि सुष्माले अश्लील गाली गरेकी हुन् । जसले गर्दा यतिबेला सुष्मा गालीको पात्र बनेकी छन् ।
कलाकार भएपछि समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन । तर, सुस्माको पछिल्लो गालीले भने उनले जिम्मेवारी र उत्तरदायित्व भुलेको आभास हुन्छ ।
हुन त सुष्मा विवादमा धेरै छाउने अभिनेत्री हुन् । उनी आफैं चर्चा र विवादमा आउन विभिन्न हत्कण्डा अपनाउँछिन् । पछिल्लो केही बर्षयता उनी फुर्सदिलो छिन् । हातमा फिल्म छैन । त्यसैले आजकाल उनको दैनिकी टिकटक लाइभमै बसेर बित्ने गरेको छ । सेलिब्रेटी भएको फाइदा उठाउँदै टिकटक लाइभ माफर्त डलर समेत कमाउने गरेकी छन् । टिकटक लाईभका कलाकारले के बोल्ने के नबोल्ने उनले ख्याल गरेको भने देखिन्नँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
-
गण्डकीमा कर्मचारीको ज्येष्ठता विवाद: पुरानै नियुक्तिलाई कायम गर्न माग