बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ मन्त्रिपरिषद् बैठक : प्रादेशिक आयुर्वेद अस्पतालको दरबन्दी स्वीकृत

मङ्गलबार, २७ मङ्सिर २०७९, ११ : ४०
मङ्गलबार, २७ मङ्सिर २०७९

प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईको संगठन संरचना र दरबन्दी पनि प्रदेश सरकारले स्वीकृत गरेको छ । 

विराटनगरस्थित मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजनाको प्रस्ताव संघीय अर्थ मन्त्रालय समक्ष पेस गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले प्रदेश १ लैङ्गिक समानता नीति, २०७९, र प्रदेश १ सामाजिक समावेशीकरण नीति २०७९ पनि स्वीकृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप