सरकारमा सहभागी हुनेबारे लोसपाका शीर्ष नेता एकमत

पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने भएको छ । लोसपा शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताए ।
उनले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने उनले बताए ।
चुनावी समीक्षा पनि भएको छैन, चाँडै नै बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने बताउँदै उनले निर्वाचन आयोगले चुनावको नतिजा सार्वजनिक भएपछि लोसपाको बैठक बस्ने बताए ।
पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतो उपत्यका बाहिर रहेको कारणले पनि कार्यकारिणी समितिको बैठकमा ढिलाइ भइरहेको छ । सर्लाही २ बाट चुनावमा परिजाति भएका नेता महतोले मतदातालाई धन्यवाद दिनका आफ्नो क्षेत्र पुगेका छन् ।
लोसपाले प्रतिनिधि सभामा ४ वटा सिट जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा