अस्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्यो, २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु
मङ्गलबार, २७ मङ्सिर २०७९, ०७ : ४९

अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको गोलीकाण्डमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाइएको थियो ।
सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको सानो शहरमा रहेको जस्ताको छत भएको बंगलामा बोलाइएको थियो ।
क्वीन्सल्याण्ड पुलिस युनियनका अध्यक्ष इयान लिभर्सले भने, ‘उनीहरू बंगलामा प्रवेश गर्ने बित्तिकै गोलाबारीमा परेका थिए । उनीहरूले मौका पाएनन् । ’ प्रधानमन्त्री एन्थोनी अल्बानीजले सोमबारको उक्त घटनालाई अस्ट्रेलियाका लागि “हृदयविदारक दिन“ भनेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोहीको अण्डा सङ्कलन सुरु
-
रुस-युक्रेन युद्धमा सेना पठाएकोबारे के भन्छ उत्तर कोरियाको सरकारी मिडिया ?
-
पोखरा विमानस्थलसम्बन्धी छानबिन रिपोर्ट हावादारी
-
ऋण चुक्ता गर्न सिरियालाई साउदी र कतारले सहयोग गर्ने
-
चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा
-
आर्थिक रुपमा विपन्न ज्येष्ठ नागरिकलाई मात्र भत्ता दिनुपर्छः सांसद बोहरा