मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

चिनियाँसँग झडपमा घाइते भएका ६ भारतीय सैनिकको गुवाहाटीमा उपचार हुँदै

सोमबार, २६ मङ्सिर २०७९, २१ : ५९
सोमबार, २६ मङ्सिर २०७९

शुक्रबार अरुणाचल प्रदेशको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा घाइते भएका ६ भारतीय सैनिकको गुवाहाटीको अस्पतालमा उपचार भइरहेको छ । तवांग क्षेत्रमा भएको उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएका छन् । 

न्युज एजेन्सी एएनआईका अनुसार भारतीय सेनाले आफ्नो भूमिमा चिनियाँ घूसपैठको कडा जवाफ दिएको उल्लेख गरेको छ । समाचारमा भारतीय सेनाको तुलनामा चिनियाँ सेनामा बढी क्षति भएको पनि दाबी गरिएको छ ।  मिडिया रिपोर्टका अनुसार १७ हजार फिटको उचाइमा झडप भएको हो । भारतीय भूमिमा ३०० चिनियाँ सैनिक घूसपैठको प्रयास भएपछि सो झडप हुन पुगेका दाबी गरिएको छ । 

घटनापछि कमाण्डरस्तरमा कुराकानी भएको छ भने दुवै पक्षका जवान विवादित क्षेत्रबाट पछि हटेका छन् । यो क्षेत्रमा दुवै देशले आफ्नो भूमि दाबी गर्दै आएका छन् । जुन विवाद सन् २००६ देखि नै जारी छ ।  यस पहिले १५ जुन २०२० मा लद्दाखको गलवान उपत्यकामा दुवै देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने चिनियाँ तर्फका पनि ४ जनाको मृत्यु भएको पुष्टि भएको  थियो । -दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप