सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जाजरकोट जीप दुर्घटनामा ८ जनाको मृत्यु

सोमबार, २६ मङ्सिर २०७९, १८ : ०९
सोमबार, २६ मङ्सिर २०७९

जाजरकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ ।  सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो । 

 चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो । 

 अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्दारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट  ४६ किलोमिटर पश्चिम रहेको छ । प्रहरीले घटनामा मृतकको सनाखत हुन बाँकी रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप