मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विशेष अदालतको फैसलाविरुद्ध धमाधम पुनरावेदनमा जाँदै अख्तियार

सोमबार, २६ मङ्सिर २०७९, १७ : ०४
सोमबार, २६ मङ्सिर २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाउपर चित्त नबुझाउँदै धमाधम पुनरावेदनमा जान थालेको छ । यसअघि ४ मुद्दामा पुनरावेदनमा गएको अख्तियारले सोमबार थप दुई मुद्दामा पुनरावेदन गरेको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी मुद्दाहरुमा सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको   प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

पछिल्लोपटक अख्तियार भागवत भट्टराई र लालु गिरिलगायत विपक्षी रहेको छुट्टाछुट्टै मुद्दामा सर्वोच्च गएको हो । भट्टराईलाई मागदाबी भन्दा कम बिगो कायम जरिवाना हुने  र ६ वर्ष कैद तथा गणेशकुमार पोखरेललाई सफाइ पाउने गरी फैसला भएकोप्रति आयोगको असन्तुष्टि छ । 

यस्तै अर्को मुद्दामा प्रतिवादीहरू देवजङ शाही र रणधीर तुम्बालाई ठहर तथा छविलाल ढकाललाई भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम ठहर गरी दफा १९ बमोजिमको कसूरमा सफाइ दिइएकोमा अख्तियारको असन्तुष्टि छ ।  अन्य प्रतिवादीहरूलाई सफाइ पाउने ठहर भई फैसला भएको भन्दै आयोगले मागदाबी अनुसारकै सजायको माग पुनरावेदनमार्फत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप