दशरथ रंगशालामा फुटबल म्याच : भिडे बालेन शाह (फोटोफिचर)

२८ औं महानगर दिवस २०७९ को अवसरमा काठमाडौं महानगरपालिकाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ । ‘२८ औं महानगर दिवस २०७९ प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल पनि सहभागी भएका छन् ।
सोमबार बिहान ८ बजेदेखि राजधानीको दशरथ रंगशालामा आयोजना गरिएको सो प्रतियोगितामा बालेन शाह पनि भिडेका थिए ।
प्रतियोगितामा काठमाडौं महानगरपालिकाका दुईवटा टिम आपसमा भिडेका थिए । एउटा टिमको नेतृत्व मेयर शाह र अर्को टिमलाई प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले नेतृत्व गरेका थिए ।
प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरू थिए । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरू थिए । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए । टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तरार्द्धमा मात्रै मैदानमा छिरे । उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । प्रमुख शाह खेल मैदानमा प्रवेश गरे पनि गोल गर्न भने सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका