फेशन एन्ड मोडल अवार्ड हुने

नेपाली फेसन र मोडलिङ क्षेत्रको प्रवर्द्धनको उद्देश्यले ‘पेजेन्ट नेपाल इन्टरनेशनल फेशन एन्ड मोडल अवार्ड–२०२२’ आयोजना हुने भएको छ । टच इन्टरटेनमेन्ट एन्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राईट इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यो अवार्ड काठमाडौंको सोल्टीमोडस्थित हायात प्यालेस होटलमा हुनेछ ।
अवार्ड आगामी १४ पुसमा हुने आयोजक एवम् मोडल दिक्पाल कार्कीले बताएका छन् । यसपटक मोडलिङतर्फ ४० विधामा र फेशनतर्फ ४० विधामा यो अवार्ड प्रदान गरिने दिक्पालले बताए । उनका अनुसार ८० विधाकै उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।
यसपटक बालबालिका, किशोर, किशोरी, युवायुवती र अग्रज क्याटागोरीमा मोडलहरुको प्रतिस्पर्धा रहेको अर्का आयोजक राजन बुढाथोकीले बताएका छन् । उनका अनुसार बेस्ट मोडल, पपुलर मोडल, पेजेन्ट मोडल, मोफसलका मोडल, विज्ञापन मोडल, म्युजिक भिडियो मोडल, नवमोडल जस्ता विभिन्न विधामा प्रतिस्पर्धा रहेको छ ।
यस्तै फेशनतर्फ ४० विधामा यसपटक प्रतिस्पर्धा हुँदैछ । जस अन्तर्गत फेशन कोरियोग्राफर, पेजेन्ट कोरियोग्राफर, मोफसल कोरियोग्राफर, इभेन्ट आयोजक, पेजेन्ट आयोजक, मेकअप आर्टिस्ट, हेयर स्टाईलिस्ट, फेशन डिजाइनर, सेलिब्रेटी फेशन डिजाइनर जस्ता विविध विधामा मनोनयन सार्वजनिक गरिएको छ ।
विगत आधा दशकदेखि आयोजना हुँदै आएको यो अवार्ड कोरोना महामारीका कारण एक वर्ष रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीनको चोङकिङ
-
चारदेशीय टी-२० आई सिरिजः कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मकवानपुरको बकैयामा बस दुर्घटना, ३१ जना घाइते
-
प्रविधि भित्रियो, व्यवस्थापन शून्य
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत