शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै

सोमबार, २६ मङ्सिर २०७९, ०८ : ४८
सोमबार, २६ मङ्सिर २०७९

रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । 

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।

सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्ज्वल पोखरेलले बताए । अतिक्रमित सार्वजनिक जग्गामा प्राविधिक टोलीले नाप जाँच पश्चात् यकिन गरेर भत्काउन सुरु गरेको उनले बताए ।

सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर पार्किङ, पार्क लगायत जनहितमा प्रयोग गरिने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप