आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२०० करोड क्लबमा दृश्यम–२

सोमबार, २६ मङ्सिर २०७९, ०८ : ३८
सोमबार, २६ मङ्सिर २०७९

दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्र अजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ । 

चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ र २०१७ मा ’गोलमाल अगेन’ले २०० करोडभन्दा बढी कमाएको थियो। करिब ६० करोडको बजेटमा बनेको यो फिल्म अजय देवगनको करियरको दोस्रो ठुलो ब्लकबस्टर बन्ने बाटोमा छ ।
 
फिल्मको पछिल्लो जानकारी शेयर गर्दै ट्रेड एनालिस्ट तरण आदर्शले लेखेका छन्, ‘दृश्यम २ २०० करोड क्लबमा सामेल भएको छ । दोहोरो शतक प्रहार गर्ने अजय देवगनको तेस्रो फिल्म हो ।' दृश्यम २ ले रिलिजको २३ औं दिनमा २०० करोडको आँकडा पार गरेको छ । विशेष कुरा के छ भने यो फिल्म कुनै पनि बिदामा रिलिज भएको छैन । नयाँ फिल्म रिलिज भए पनि दृश्यम २ को कमाईमा खासै फरक परेको छैन ।
 
यसअघि २०२० मा फिल्म ताना जी द अनसंग वारियरले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५.६९ करोड कलेक्सन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप