समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी
सोमबार, २६ मङ्सिर २०७९, ०६ : १८
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ ।
निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।
उनले भने , “प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन । प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ । त्यसपछि आवश्यक निर्णय गर े र सूची सार्वजनिक गरिने छ ।” प्रवक्ता वाग्लेले सोमबारै समानुपातिकको सूची सार्वजनिक गर्न तयारी अपुग भएमा मङ्गलबार सार्वजनिक गरिने बताए ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा