तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
आइतबार, २५ मङ्सिर २०७९, २० : २४

सुनसरीको बराह क्षेत्र नगरपालिका-३ मा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति भएको उक्त दुर्घटनामा परी चार जना घाइते भएका छन् । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी छ । घाइते ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुई विपरीत दिशाबाट जाँदै गरेका प्रदेश १–०२–०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका थिए । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला