आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बी.पी कोइराला फाउन्डेसनद्वारा ९५० थान सेतो छडी सहयोग

आइतबार, २५ मङ्सिर २०७९, २० : २०
आइतबार, २५ मङ्सिर २०७९

बी.पी कोइराला फाउन्डेसन​ले दृष्टिविहीनहरुको सहयोगार्थ नेपालभर वितरणका लागि सेतो छडी सहयोग गरेको छ । अपाङ्गता संरक्षण नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले ​९५० थान  सेतो छडी हस्तान्तरण गरेका हुन् ।

भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा बी.पी कोइराला फाउन्डेसनको स्थापना भएको हो । बी.पी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र पर्ने एक क्षेत्र स्वास्थ्य पनि हो । फाउन्डेसनले कोभिड–१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्रीसमेत उपलब्ध गराएको थियो । दुई राष्ट्रका संस्कृति र जनजीवनसँग सम्बन्धित बहुआयमिक पक्ष तथा कला, साहित्य, बौद्धिक संवादलाई प्रगाढ बनाउँदै भारत र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने यस फाउन्डेसनको उद्देश्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप