सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बारामा एमाले मधेस प्रदेश इन्चार्ज महासेठको कार्यशैलीको विरोध

आइतबार, २५ मङ्सिर २०७९, १९ : ५२
आइतबार, २५ मङ्सिर २०७९

नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले समानुपातिक तर्फ प्रदेश सभा सदस्य चयनमा एकलौटी निर्णय गरेको भन्दै बारा निर्वाचन क्षेत्र–३ को प्रदेश स्तरीय भेलाले महासेठको कार्यशैलीको चर्को विरोध गरेको छ । बारा–३ को निर्वाचन समीक्षासम्बन्धी आज बसेको बैठकले समानुपातिकतर्फ बाराबाट संघमा एकजना पनि सहभागी नहुनु र प्रदेशतर्फ पनि १ जना मात्रै सहभागी हुनु दुखद् भएको भन्दै  एमाले सचिव तथा मधेस प्रदेश इन्चार्जको कार्यशैलीको विरोध गरेको हो । 

‘हामी धेरै दुखी छौ एमाले सचिवको कार्यशैली अत्यन्तै गलत छ, बारामा हामीले जति मत मधेस प्रदेशको कुन जिल्लामा आएको छ,आज प्रदेशमा समानुपातिक सदस्य छनोटमा धनुषाले एकलौटी निर्णय गरेको छ’ एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले भने ‘समानुपातिकमा बाराले संघमा एकजना महिला र प्रदेशमा २ महिला १ पुरुष सहित ३ जना सदस्य पाउनुपर्ने हो तर हामीलाई एउटा मात्रै सिट दिएर धेरै भेदभावको व्यवहार भएको छ’ एमाले मधेस प्रदेश इन्चार्ज महासेठले प्रदेशसभा सदस्य चयनमा बारा, पर्सा, रौतहटबाट १/१ जना मात्रै छनोट गरेर धनुषाबाट एकलौटी ढंगले ५ जना चयन गरेको एमाले बारा जिल्ला अध्यक्ष साहले जनाएका छन् । 

बाराबाट प्रतिनिधि सभा सदस्यमा अन्जु नेपाली,अमर यादव र प्रदेशसभा सदस्य तर्फ केबल चौधरी, पुलिस मियाँ,लक्ष्मी नेपाली, मञ्जु थापा र बिर्जादेवी जैशवालको नाम सिफारिस भएको थियो । जसमध्ये प्रदेशसभा सदस्यमा मञ्जु थापाको नाम मात्रै छनोट भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले बारामा पहिलो पार्टीको रूपमा उदाएको छ । 

२०७४ को निर्वाचनमा बारा ४ (क) मा एउटा प्रदेशसभा सदस्य मात्रै जितेको थियो तर यसपटक एमालेले २ वटा संघ सहित ४ वटा प्रदेशसभा सदस्यमा निर्वाचित भएको छ । त्यसैगरी समानुपातिक तर्फ पनि बारामा एमालेले करिब ५९ हजार मत ल्याएर मधेस प्रदेश सबैभन्दा धेरै मत ल्याउने जिल्ला भएको छ । 

नेकपा एमाले बाराका एक प्रदेश कमिटी सदस्यले प्रदेशसभा सदस्यमा २ देखि ३ वटा सिट बाराले पाउनुपर्नेमा एमाले नेता महासेठले एकलौटी निर्णय गरेर सबै सिट आफ्नो जिल्लामा कब्जा गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप