सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको ‘दराज १२.१२’ योजनाका लागि सहकार्य

आइतबार, २५ मङ्सिर २०७९, १९ : १९
आइतबार, २५ मङ्सिर २०७९

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम रु. १,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२% वा अधिकतम रु १,२१२ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगइन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरिद गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ मङ्सिर २६ देखि पौष ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप