सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

६७ लाख ५० हजार कित्ता सेयर निष्कासन हुँदै

share

आइतबार, २५ मङ्सिर २०७९, १८ : ५२
आइतबार, २५ मङ्सिर २०७९

 सनिगाड हाइड्रो लिमिटेडको साधारण सेयर निष्कासन गरिने भएको छ । ६७ लाख ५० हजार कित्ता सेयर निष्काशित लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । 

साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीकोतर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । 
जारी पूँजी रु.२ करोड २५ लाख रहेको सनिगाड हाइड्रोकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको बझाङमा रहेको आयोजनाको निर्माण कार्य सम्पन्न भई केही साता भित्र विद्युत उत्पादन हुने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप