सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौँ मेडिकल कलेजमा छुट
आइतबार, २५ मङ्सिर २०७९, १८ : ३७
सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारी तथा काठमाडौँ मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी