भारतीय आर्मी बनाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ
आइतबार, २५ मङ्सिर २०७९, १७ : १९
भारतीय आर्मी बनाइदिने भन्दै करिब डेढ करोड रूपैयाँ ठगी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले करिब २५ जना व्यक्तिहरुलाई इण्डियन आर्मी बनाइदिने भन्दै जनही ५ देखि ६ लाख उठाएको आरोप लागेको छ । उक्त रूपैयाँ ठगी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत