शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि निर्वाचन आचारसंहिता खारेज

आइतबार, २५ मङ्सिर २०७९, १७ : १३
आइतबार, २५ मङ्सिर २०७९

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६  गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गरेको हो । 

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप