शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

१३ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आइतबार, २५ मङ्सिर २०७९, १६ : ५१
आइतबार, २५ मङ्सिर २०७९

नेपाल राष्ट्र बैंकले मंसिर २७ गते १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका कुल १३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । 

आगामी मंगलबार जारी हुने ट्रेजरीको भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।  यसअघि राष्ट्र बैंकले मंसिर १९ गते ९ अर्ब ९३ करोड रूपैयाँको ट्रेजरी जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप