आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

संसद सचिवालयका महासचिवले सर्वोच्चलाई पठाएको जवाफमा के छ ?

आइतबार, २५ मङ्सिर २०७९, १७ : ०४
आइतबार, २५ मङ्सिर २०७९

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार सर्वोच्च अदालतलाई जवाफी पत्र पठाएका छन् । सर्वोच्च अदालतले उनलाई मंसिर २१ गते पत्र लेख्दै प्रधानन्यायाधीशविरुद्धको महाभियोग कसरी निष्प्रभावी भयो भन्नेबारे प्रश्न गर्दै जवाफ मागेको थियो ।

सोही पत्रको जवाफमा महासचिव गौतमले आइतबार सर्वोच्च अदालतलाई पत्र पठाएका हुन् । यद्यपि उनले सर्वोच्चले सोधेको प्रश्नको जवाफ भने दिएका छैनन् ।

उनले पत्रमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानन्यायाधीशविरुद्धको महाभियोग निष्प्रभावी भएको भन्ने व्यहोराको संसद सचिवालयका महासचिवको पत्र कार्यान्वयन नगर्न र नगराउन आदेश जारी भइसकेको भन्दै सो सम्बन्धमा संघीय संसदका महासचिवले ७ दिनभित्र लिखित जवाफ दिनुपर्ने आदेश भएको आफ्नो पत्रमा उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयानुसार आफूलाई सोधिएको विषयको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफका क्रममा समावेश हुने भन्दै उनले पूर्ण बैठकले सोधेका प्रश्नको बारेमा भने तत्काल जवाफ दिएका छैनन् ।

गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै पत्र लेखेपछि विवाद बढेको थियो । सो पत्रका सम्बन्धमा सर्वोच्चको पूर्ण बैठकमा छलफल भई उनीसँग महाभियोग कसरी निष्प्रभावी भयो भन्ने प्रश्न लिखित रुपमा पठाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप