विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जना राजधानीबाट पक्राउ
आइतबार, २५ मङ्सिर २०७९, १४ : २९
कतार विश्वकप फुटबल प्रतियोगिताको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली नागरिक र अर्का भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले लाजिम्पाटबाट रुद्र पोखरेल र भारतीय नागरिक पवन कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुले डायमण्ड एक्स नामक एपमार्फत सट्टेबाजी गराउने गरेको खुलेको कोइरालाको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजधानीमा फुटबलको सट्टेबाजी खेल खेलाउने क्रम बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित