विश्वकप फुटबलको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जना राजधानीबाट पक्राउ
आइतबार, २५ मङ्सिर २०७९, १४ : २९
कतार विश्वकप फुटबल प्रतियोगिताको सट्टेबाजी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली नागरिक र अर्का भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले लाजिम्पाटबाट रुद्र पोखरेल र भारतीय नागरिक पवन कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुले डायमण्ड एक्स नामक एपमार्फत सट्टेबाजी गराउने गरेको खुलेको कोइरालाको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजधानीमा फुटबलको सट्टेबाजी खेल खेलाउने क्रम बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण