कांग्रेस प्रवेश गर्ने हल्ला सत्य होइन : योगेन्द्र मण्डल
मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभामा भारी मतले विजयी भएका योगेन्द्र मण्डल काँग्रेस प्रवेश गर्न लागेको चर्चा चुलिएको छ । यद्यपि उनले भने उक्त हल्ला निराधार र असत्य रहेको बताएका छन् ।
नेकपा एमालेबाट एकल रुपमा उम्मेदवार सिफारिस भए पनि जसपासँगको सहमतिपछि एमालेले उनलाई टिकट नदिइ जसपाका उम्मेदवार राजकुमार यादवलाई समर्थन गरेको थियो । त्यसपछि असन्तुष्ट बनेका मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
‘मेरो सबै पार्टीसँग सम्बन्ध राम्रो छ,’ उनले भने, ‘काँग्रेसमा प्रवेश गर्न लाग्यो भनेर हल्ला भएको मैले पनि सुनेको छु, यो असत्य कुरा हो ।’ आफूले जनतासँग गरेको प्रतिबद्धता पुरा गर्न तयार हुनेलाई भने सरकार गठनको लागि बाहिरै बसेर समर्थन गर्ने पनि उनले बताए । ‘म काठमाडौं गएर सबै पार्टीका अध्यक्षहरूलाई भेट्ने योजना बनाएको छु,’ उनले भने, ‘अहिले पनि सबै पार्टीका नेताहरूले भेटका लागि निमन्त्रणा गरिरहनुभएको छ । काठमाडौं गएर भेट्छु ।’ नेताहरूलाई भेटेर आवश्यक सल्लाह, सुझाव लिने पनि उनले बताए ।
मण्डलले निर्वाचनको समयमा काँग्रेस नेता डा.शेखर कोइराला, अमृत अर्याल लगायतसँग काँग्रेस प्रवेश गर्ने गरी सहमति गरेको चर्चा छ । त्यसबारेमा भने मण्डलले आफूले कसैसँग निर्वाचनको बेला नभेटेको र कुनै सहमति नभएको पनि बताएका छन् । ‘निर्वाचनको समयमा मैले कसैसँग भेटिन,’ मण्डलले भने, ‘त्यस्तो मौका पनि मिलेन, म बिहान ७ बजेदेखि राती ११ बजेसम्म चुनावी अभियानमै हुन्थेँ । फोनमा भने सबैसँग एक आपसमा सहयोग माग्ने, अनुरोध गर्ने काम हुन्थ्यो ।’
मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार मण्डलले २१ हजार ८२० मत ल्याएर विजयी भएका थिए । उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । मण्डलले १७ हजार ४८६ र एमालेको समर्थनमा उम्मेदवार बनेका जसपाका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका थिए ।
मोरङको क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका मण्डलले भने काँग्रेसको आधा मत पनि नपाएको देखिन्छ । सो क्षेत्रमा समानुपातिकतर्फ काँग्रेसले २४ हजार ६२९, माओवादीले ७ हजार २२३ र नेकपा एसले ३६५ मत गरी सत्तारुढ गठबन्धनले ३२ हजार ५१७ मत पाएको देखिन्छ । जबकी मण्डलले जम्मा १७ हजार ४८६ मत मात्रै प्राप्त गरे । उनले गठबन्धनबाट १४ हजार ७३१ मत प्राप्त नगर्दा पराजित हुनुपर्यो ।
यही कारणले पनि काँग्रेस नेता कोइराला र अर्यालको सेटिङमा माओवादी नेता मण्डललाई हराएर स्वतन्त्र उम्मेदवार मण्डललाई जिताउन भूमिका खेलेवापत उनी काँग्रेसमै प्रवेश गर्न लागेको अड्कल सुरु भएको थियो । मण्डलले २५ वर्षअघि स्थापना भएको जीवन विकास संस्था नेपालको संस्थापक प्रमुख हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार