दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटियो, छानबिनको आदेश
आइतबार, २५ मङ्सिर २०७९, १३ : ३७
![दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटियो, छानबिनको आदेश](https://rpcdn.ratopati.com/media/albums/snake_8t7RaObTna.jpg)
शनिबार दुबई विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटिएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ ।
समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बी७३७–८०० विमान केरलाको कालीकटबाट दुबई पुगेको थियो, जहाँ विमानको ब्यागेज क्षेत्रमा सर्प भेटिएको थियो । विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।
घटनाको जानकारी दिँदै डीजीसीएका एक वरिष्ठ अधिकारीले भने, ‘एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको थियो । यो ग्राउण्ड ह्यान्डलिङका क्रममा भएको गल्तीको परिणाम हो । घटनाको छानबिन गरी आवश्यक कारबाही गरिनेछ ।’
एयर इन्डिया एक्सप्रेसबाट यस घटनाको बारेमा कुनै जानकारी आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका तर्फबाट पुन बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
-
मेरा कृति आफ्नै लयमा बाँच्नेछन्
-
राष्ट्रिय महत्वका आयोजना कार्यान्वयनमा क्रियाशील छु : वनमन्त्री शाही
-
‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान
-
रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात